राजनीति
वर्ष २०१३ को अन्त भएर नयां वर्ष २०१४ को संघारमा टेक्न लागेको समय दार्जीलिड्को राजनीतिक उतार चढ़ावले एउटा मोड़ लिएको छ। गोजमुमोद्बारा दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको घोषणा गरिएको प्राय: पांच महीनापछि फेरि विकासको लागि गठित जीटीएलाई राम्रोसंग संचालन गरेर लाने जमर्को शुरु भयो। यो अर्थमा मोर्चा प्रमुख फेरि जीटीए प्रमुख कार्याकारीको पदमा फर्किआइपुगे। जीटीए संचालन गर्ने उद्देश्यमा तिनले ४ अगस्त, २०१२ को दिन केन्द्र अनि राज्य सरकारका उच्च पदस्थहरुको उपस्थितिमा जीटीए प्रमुख कार्यकारीको पद तथा गोपनीयताको शपथ खाएका थिए।
खेल
आउंदो विश्वकप १०१७ को खेललाई ध्यानमा राखेर किशोर फूटबल खेलाड़ीहरुको छ्नौट प्रक्रिया पूरा भएको छ। दार्जीलिड पहाड़्का ६ किशोर खेलाड़ीहरु अन्डर -१५ को लागि सिलगढ़ीमा आयोजित छनौट प्रक्रियामा चयन भएका छन्‌। ती खेलाड़ीहरु आगामी जनवरी महीनाको अन्तिम तथा पहिलो सातातिर फूटबल खेलमा प्रतिष्टित नाम श्याम लामाको नेत्त्वमा कलकत्ता प्रस्थान हुनेछन्‌।
शिक्षा / करियर
संघ लोक सेवा आयोग ( युपीएससी)-ले सिविल सेवा परीक्षा पेटर्नमा फेरि परिवर्तन गरेको छ। यसमा सामान्य अध्ययन अनि सहज योग्यतालाई विशेष मह्त्त्व दिइएको छ। केन्द्र सरकारको कार्मिक अनि प्रशिक्षण विभाग (डीओपीटी) - ले परिवर्तनको अधिसूचना बुधवार जारी गर्यो। उम्मेद्‍वारको इमान्दारीलाई आकलन गर्न यो पटक्को परीक्षामा नीति इमान्दारी एवं सहज योग्यता जस्तो नयां पेपर जोडिएको छ।
साइन्स
स्मार्ट फोनमा राखिएको युचेक नामक एप्पले स्मार्ट फोनकै क्यामेराको सहायताबाट विभिन्न रोगहरु पता लगाउन सकिने भएको छ। उक्त मोबाइल एप्पको प्रदर्शन हालै अमिरीकाको लस एन्जेलस शैक्षिक प्रविधिक मेलामा गरिएको थियो। युचेक नामक एप्पले मानिसमा लाग्ने विभिन्न २५ किसिमका रोग पत्ता लगाउन सक्छ। विकाशील देशहरुका लागि यो एप्प अति नै उपयोगी सावित हुनेछ। यो एप्पले पिसाबमा भएको ग्लुकोज, प्रोटिन, नाइट्रिट आदि दश किसिमका तत्त्व पत्ता लगाउन सक्छ।
स्वास्थ्य सल्लाह
ह्र्दय रोगको ठूलो कारण हुनसक्छ धुम्रपान। धुम्रपानले मुटुको रोग एकदमै बढ्‍छ। यसको सेवनले यो रोगमा पांच गुणा अधिक बढ्‍न सक्छ। यसको कारण एनजाइना, ह्र्दय रोग, उच्च रक्तचाप जस्ता बिमारीको खतरा बढेर जान सक्छ। यसको सेवन घटाउंदा यी रोगहरूमाथि नियन्त्रण ल्याउन सकिन्छ। महिलाहरूमा ह्रदयाघातको लक्षण पुरुषमाभन्दा फरक हुन्छ। महिलामा घिच्रो, छातीको दाहिनेपट्टि अनि कांधमा पीड़ा हुन्छ।
नाटक / चलचित्र
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य सिरियलहरुमा कलाकारहरुको हेरफेर हुने भएको छ। चर्चित हास्य सिरियल तितो सत्य-का निर्देशक तथा कलाकार दीपकराज गिरी अब अर्को कमेडी सिरियल मेरी बास्सै-मा देखिन लागेका हुन्‌। दीपकले एक भेटमा यस्तो रहस्य खोलेका हुन्‌। यस्तै मेरी बास्सै-का अर्का चर्चित कलाकार सिताराम कट्टेल अर्थात्‌ धुर्मुस तितो सत्य-मा देखिने भएका छन्‌। आउंदो श्र्रंखलादेखि यस्तो हेरफेर हुन लागेको जानकारी दीपकले दिएका हुन्‌। यस्तो हेरफेर कलाकारहरु बीचको मनमुटावले भने हुन लागेको होइन।